News

  • Home
  • News
  • एरिकाले अमेरिकामा जितिन् स्वर्ण र रजत पदक

एरिकाले अमेरिकामा जितिन् स्वर्ण र रजत पदक

नेपाली खेलाडी एरिका गुरुङ अमेरिकाको टेक्सासमा जारी यूएसए ओपनर अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रजत पदक जित्न सफल भएकी छन् । उनले महिला ६८ केजीभन्दा माथिको तौल समूहमा रजत पदक हात पारेकी हुन् । 

उनी सोमबार सम्पन्न फाइनलमा अमेरिकी खेलाडीसँग ३-२ अङ्कले पराजित भइन् । त्यसअघि आइतबार नै उनले यूएसए ओपन इन्टरनेशनल कराँते च्याम्पियनसिपको सोही समूहको यू-२१ एलिट स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् ।