News

  • Home
  • News
  • १९औं एसियाली खेलकुद : नेपालले जित्यो दोस्रो पदक, करातेमा एरिकाले जितिन् रजत

१९औं एसियाली खेलकुद : नेपालले जित्यो दोस्रो पदक, करातेमा एरिकाले जितिन् रजत

कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी बन्नबाट चुकेकी छिन् । शनिबार १९औं एसियाली खेलकुदअन्तर्गत महिला ६८ केजी तौल समूहमा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भएपछि उनी रजत पदकै सीमित भएकी हुन् ।एरिका सोफ्यासँग ३-० ले पराजित भइन् ।

सेमिफाइनलमा एरिकाले हङकङकी खेलाडी यान काई होलाई ८-४ ले हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन् । एरिकाले क्वार्टरफाइनलमा भने जापानी खेलाडी युजुकी सावाएलाई हराएकी थिइन् ।

नेपालले १९औं एसियाली खेलकुदमा दोस्रो पदक जितेको छ । यसअघि कबड्डीमा नेपाली महिला टोलीले कांस्य पदक जितिसकेको छ । इन्डोनेसियामा विश्व सितेरियो च्याम्पियनसिपमा स्वर्ण जितेर एरिका १९औं एसियाली खेलकुदका लागि चीन पुगेकी थिइन् ।





यसअघि सन् १९९८ मा थाइल्यान्डमा भएको १३औं एसियाली खेलकुदमा सविता राजभण्डारीले तेक्वान्दोमा रजत पदक जितेकी थिइन् । त्यस्तै २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा नेपाली प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो ।